नेपाल क्लियरिङ हाउसको संस्थापक शेयर लिलामीमा , न्यूनतम शेयर मूल्य ३५० रुपैयाँ

Oct Mon 2020 06:47:14

492 views

नेपाल क्लियरिङ हाउसको संस्थापक शेयर  लिलामीमा , न्यूनतम शेयर मूल्य  ३५० रुपैयाँ

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको संस्थापक शेयर असोज २० गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेडको नाममा रहेको २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

यो शेयरको न्यूनतम मूल्य  ३५० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदन फारम  ५०० रुपैयाँ भुक्तानी गरी विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार, कमलादी , काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । 

कात्तिक २४ गतेदेभित्र यो शेयर खरिदका लागि गोप्यशिलबन्दी बोलपत्र बुझाई सक्नुपर्नेछ । शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम ५० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २५ गते विहान १० बजे मुक्तिनाथ क्यापिटलमा खोलिनेछ ।