सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

Oct Mon 2020 06:51:33

881 views

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला भएको छ । कम्पनीले बिहीवार आव्हान पत्र सार्वजनिक गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्ने जानकारी दिएको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।

सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ताका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओमा खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

 आईपीओ खरिद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने व्यवस्था छ ।