अबको अर्थमन्त्री को ? अर्थमन्त्रीको दाबेदारहरु यी हुन्

Oct Wed 2020 04:19:54

अबको अर्थमन्त्री को ? अर्थमन्त्रीको दाबेदारहरु यी हुन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बीच अर्थमन्त्रीको सहमति हुन नसक्दा अर्थ मन्त्रालय नेतृत्व विहिन बनेको छ। अब बस्ने नेकपाको सचिवालय बैठकले अर्थमन्त्रीको टुंगो लगाउने भएको छ । एक महिनादेखि अर्थमन्त्रीको पद खाली छ ।  अर्थमन्त्रीका दावेदारमध्ये पछिल्लो समय पार्टी महासचिव विष्णु पौडेललाई अझ बढी बलियो बनाएको छ । 

यो जटिल परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको साँचो बुझाउने व्यक्तिको अग्र पङ्तीमा पूर्व अर्थमन्त्री द्वय विष्णु पौडेल तथा सुरेन्द्र पाण्डेको नाम लिन थालिए पनि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा नेकपाका नेता जनार्दन शर्मालाई पर्नि अर्थमन्त्रीका शक्तिशाली दावेदार पात्रका रुपमा लिँइदै आएको थियो । 

यी पात्रमध्ये पौडेल र ज्ञवाली प्रधानमन्त्रीका अति विश्वासनीय पात्र हुन् । सुरेन्द्र पाण्डे पनि सो पदका लागि उत्तिकै बलिया दावेदार भएपनि उनी माधव कुमार नेपाल निकट भएकाले प्रमको रोजाइमा नपर्ने अड्कल काटिएको छ । 

तर, पछिल्लो समय राजनीतिक समिकरणले अन्य दावेदारलाई पन्छाएर पार्टी महासचिवलाई पौडेललाई अर्थमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।  रिक्त रहेका मन्त्रायललाई पूर्णता गर्ने समझदारी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको सचिवालय स्रोतले बताएको छ ।