११ बैंक तथा बित्तिय संस्थाले लाभांश घोषणा गरे, कसले कति ?

Oct Thu 2020 06:22:14

1350 views

११  बैंक तथा बित्तिय संस्थाले लाभांश घोषणा गरे, कसले कति ?

 चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ११  बैंक तथा बित्तिय संस्थाले लाभांशको घोषणा गरेका छन् । बैंक अफ काठमाडौं र माछापुच्छ्रै बैंकले मात्र लाभांश घोषणा गरेका छन् । बाँकी २५ वाणिज्य बैंकहरुको अवस्था हालसम्म अन्योल रहेको छ ।

यस्तै दुई बीमा कम्पनी र एक लघुवित्त कम्पनीको लाभांश अघिल्लो आर्थिक वर्षको रहेको छ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को लागि र एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि लाभांश वितरणको प्रस्ताव गरेका छन् । त्यस्तै नाडेप लघुवित्तले पनि अघिल्लो आर्थिक वर्ष २०७५/७६ को लागि लाभांश प्रस्ताव गरेको छ ।



 नाडेपले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि असोज २८ गते वार्षिक साधारण सभा गर्दैछ । लाभांश घोषणा गर्ने ११ कम्पनीहरुमध्य धेरै जसो लघुवित्त कम्पनीहरु रहेका छन् । समता लघुवित्त वित्तीय संस्था ,फष्र्टमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आरएमडिसी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थाले गत वर्षको लागि लाभांश वितरणको प्रस्ताव गरिसकेका हुन ।  

युनिलिभर नेपाल र नेपाल ल्यूव आयल नेपाल पनि लाभांश घोषणा गर्ने ११ कम्पनी भित्रै रहेका छन् । लाभांश घोषणा गर्नेमध्य माछापुच्छ्रे बैंकले यो वर्ष सबैभन्दा पहिला लाभांश पारित गर्ने तयारी गरेको छ । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते साधारण सभा बोलाएको छ । हालसम्म लाभांश घोषणा गर्नेमध्य सबैभन्दा बढी लाभांश आरएमडिसी लघुवित्त वित्तीय संस्थाको रहेको छ । यस कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।