नेप्से ११.३४ अंकले घट्यो, समृद्धि फाइनान्स र गोर्खाज फाइनान्सको शेयर मुल्यमा सर्किट

Oct Thu 2020 04:18:22

नेप्से ११.३४ अंकले घट्यो, समृद्धि फाइनान्स  र गोर्खाज फाइनान्सको  शेयर मुल्यमा सर्किट

काठमाडौं ।  साताको अन्तिम दिन बिहिबार नेप्से ११.३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ३४ विन्दुमा कायम भएको छ । 

नेप्सेका अनुसार बिहिबार २ अर्ब ९० करोड ५० लाख बढीको कारोबार भएको छ । कारोबार भएका समूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । 

बिहिबार सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्सको भाउमा पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सिनर्जी पावरको भाउ ७.०८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अरुण काबेलीको १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।