नेप्सेमा हिमालयन बैंक लिमिटेडको ८५ लाख कित्ता सेयर थपियो

Oct Mon 2020 12:32:59

नेप्सेमा हिमालयन बैंक लिमिटेडको ८५ लाख कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सवा ८५ लाख कित्ता हाराहारीमा सेयर थपिएको छ। 

नेप्सेमा हिमालयन बैंक लिमिटेडको सवा ८५ लाख कित्ता हाराहारीमा बोनस सेयर सूचीकृत भएको हो। बैंकले अघिल्लो वर्ष जारी गरेको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

अघिल्लो बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही १० प्रतिशतबराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।