बैंक तथा बीमा कम्पनीका ५ हजार कर्मचारीहरुमा कोरोना, दर्जनौं शाखाहरु बन्द

Oct Tue 2020 04:14:47

1359 views

बैंक तथा बीमा कम्पनीका ५ हजार कर्मचारीहरुमा कोरोना, दर्जनौं शाखाहरु बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा कम्पनीहरुको थुप्रै शाखा कार्यालयहरु बन्द गरिएका छन् ।

राजधानी काठमाडौंमा कोरोना भाइरसको संत्रमण बढ्दै जाँदा बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका शाखा कार्यालयहरु प्रभावित भएका छन् । ग्लोबल आईएमई, प्राईम, सेन्चुरी, सांग्रिला विकास बैंकका थुप्रै शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त अनौपचारिक तथ्याङ्क अनुसार करिब पाँच हजार बैंकका कर्मचारीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

यता, बीमा कम्पनीहरुमा पनि कोरोना भाइरसको प्रकोप बढिरहेको छ । केही सिईओसहित सयौं कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएकोे छ । त्यस्तै, कोरोना संक्रमणपछि बन्द गरिएको बीमा समिति गत आइतबारदेखि खुल्ला गरिएको भएपनि आंशिक रुपमा मात्रै काम भइरहेको छ ।