सानिमा बैंकले शेयरधनीलाई १३ प्रतिशतसम्म लाभांश दिने घोषणा

Oct Wed 2020 02:25:11

1509 views

सानिमा बैंकले शेयरधनीलाई १३ प्रतिशतसम्म लाभांश दिने घोषणा

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि १३ दशमलव ६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले यस वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिन लागेको हो । सानिमाले हाल कायम चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँको आधारमा यो लाभांश प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपश्चात मात्र वितरणयोग्य हुनेछ ।