सेयर बजारमा उछाल : १९२६ विन्दुसम्म पुगेको शेयर बजार १८ सयमै किन झर्यो

Nov Thu 2020 05:15:41

904 views

सेयर बजारमा उछाल : १९२६ विन्दुसम्म पुगेको शेयर बजार १८ सयमै किन झर्यो

काठमाडौं । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ ।

बिहीबार कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको छ ।

शेयर कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । हिजो करिब ५ अर्ब रपैयाँको शेयर कारोबार भएकोमा आज ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २०१ कम्पनीको ७० हजार ३ पटकको कारोबारमा १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५८ करोड १२ लाख ९० हजार रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज पुनर्बीमा कम्पनीको शेयर मूल्य १ हजार ३३७ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो संस्थाको शेयर मूल्य १ हजार ८९ रुपैयाँ कायम भएको छ । त्यसैगरी पञ्चकन्या पावर कम्पनी लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड र आँखु खोला जनविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ्ग समूह २.७ प्रतिशत, हाईड्रोपावर समूह ०.४६ प्रतिशत, अन्य समूह १.०२ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६२ प्रतिशत रहेका छन् भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने ०.०९ अंक वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह ५.३३ प्रतिशत रहेको छ ।