काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन (बुधबार) ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ । यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । सोहि विन्दुमा पुग्न नेप्से ७ अंक बाँकी रहेको छ ।
नेप्सेका अनुसार बुधबार कूल १९६ वटा कम्पनीकाे एक कराेड ४७ लाख ८९ हजार ३ सय ३ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १३ करोड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको कारोबार भएकाे छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र घटेकाे छ
नेप्सेले सकारात्मक बाटो समातेसँगै लगानीकर्ताहरु निकै उत्साही भएका छन् । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने यता नै ओरालो बाटोमा लागेको नेप्सेले अहिले आएर सुधारको बाटो समातेपछि लगानीकर्ताको मनोबल बढेर बजारमा लगानी बढाउन थालेको जानकार बताउछन् ।
त्यस्तै कारोबारमा शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । यी तीन वटै कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ। गुमाउनेमा भने हिमालयन पावर पाटनर र नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु छन् । यी दुई कम्पनीको शेयर मूल्य पनि क्रमश ः २.९४ र २.९० प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै शेयर कारोबार भने नेको इन्स्योरेन्सको भएको छ । आज इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।