Nov Sun 2020 05:02:48
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी(AHPCCompany) ले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछ ।
यस्तै २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयर मध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताब पनि गरेको छ ।
उक्त प्रस्ताव आगामी २३ औं वार्षिक साधारण सभामा लैजाने निर्णय बैठकले गरेको छ ।