नेप्से अहिलेसम्मकै उच्च विन्दु २०२८ पुगेर बजार १९९७ मा झरेर युर्टन भयो

Nov Mon 2020 05:59:37

789 views

नेप्से अहिलेसम्मकै उच्च विन्दु २०२८ पुगेर बजार १९९७ मा झरेर युर्टन भयो

काठमाडौं  । १५ मंसिर, सोमबार नेप्से परिसूचक २८.७९ अंकले बढेर १९९७ विन्दुमा पुगेको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अहिलेसम्मकै उच्च २०२८ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजारमा आएको उतारचढावकाबीच परिसूचक घटेर १९९७. ०५ मा झरेको हो ।

यो अवधीमा १ सय ९८ कम्पनीको ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १२ समूह मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र म्यूचुअल फन्ड समूहमा गिरावट आएको छ भने बाँकी अरु समूहको परिसूचक बृद्धि भएको छ ।

सोमबार सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । ३८ करोड ४८ लाख रुपैयाँ बराबराको शेयर कारोबार भएको छ । पुनर्बीमा कम्पनीको पनि ३७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै सबैभन्दा धेरै कमाउने भने कम्पनीहरुको अग्रसूचिमा युनाईटेड मोदी र माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेको छ । युनाइटेडको १६ अंक र माथिल्लो तामाकोशीको २९ अंकले शेयर मूल्य बढेको छ। गुमाउनेहरुमा विशाल बजार कम्पनी र बोटर्ल नेपाल (तराई) लिमिटेड रहेको छ । विशाल बजारको ३ सय ६० र ५ सय ३४ अंकले मूल्य घटेको छ ।