हिमालयन बैंकको लाभांश घोषणाः १४ % बोनस, ६ % नगद

Nov Mon 2020 04:56:17

769 views

हिमालयन बैंकको लाभांश घोषणाः १४ % बोनस, ६ % नगद

काठमाडौं । हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि कार्यान्वयन हुनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २२ प्रतिशत लाभांश दिएको थियो ।