बैंक अफ काठमाडूको १६ प्रतिशत लाभांश पारित

Nov Mon 2020 06:32:32

1981 views

बैंक अफ काठमाडूको १६ प्रतिशत लाभांश  पारित

काठमाडौं,। बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

यस्तै सभाले २०७६÷७७ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आएको जनाइएको छ।