सेयरमा लगानी गर्न ऋण कसरी लिने ? ब्याजदर करिब ५० प्रतिशत घट्यो

Nov Mon 2020 06:38:21

1088 views

सेयरमा लगानी गर्न ऋण कसरी लिने ? ब्याजदर करिब ५० प्रतिशत घट्यो

असोजसम्म बैंक तथा वित्तीय संस्थाले ५९ अर्ब ४० करोड रुपैयाँ सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा करिब ३१ प्रतिशत बढेको छ । २०७६ असोजमा बैंक तथा वित्तीय संस्थाले ४५ अर्ब ३१ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको तीन महिना ९साउन, भदौ र असोज० मा पनि यस्तो कर्जा करिब १८ प्रतिशत बढेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ०.२१ प्रतिशत घटेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर कर्जाको ब्याजदर करिब ५० प्रतिशत घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा सेयर धितोमा कर्जा उपलब्ध गराउँदै आएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो ब्याजदर १३ देखि १५ प्रतिशत थियो । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर घटेको छ भने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका लागि ठाउँ खोजिरहेका छन् ।

लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र अझै सामान्य अवस्थामा आउन सकेका छैनन् । यसकारण पनि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा प्रवाहमा जोड दिन थालेको बैंकरहरू बताउँछन् । ‘