९ कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो, १० प्रतिशतसम्म शेयरमूल्य बढेका कम्पनीहरु हेर्नुहोस्

Dec Wed 2020 05:17:32

878 views

९ कम्पनीको शेयरमूल्यमा सर्किट लाग्यो, १० प्रतिशतसम्म शेयरमूल्य बढेका कम्पनीहरु हेर्नुहोस्

काठमाडौं । बुधवार शेयर कारोबारमा नौं कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन मिथिला लघुवित्त, साञ्जेन जलविद्युत, जनउत्थान सामूदायिक लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, बिजय लघुवित्त, हिमालयन डिष्टिलरी, लक्ष्मी लघुवित्त , नेरुडे लघुवित्त र छिमेक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

आज लघुवित्त समूहका कम्पनीहरुको शेयरमूल्यमा सर्वाधिक बृद्धि देखिएको छ । १० प्रतिशत मूल्य बढ्ने नौ मध्य पनि आठ लघुवित्त कम्पनी रहेका छन् । बजारमा लगानीका क्षेत्र परिवर्तन गरी नाफा कमाउने होडबाजी देखिन्छ । यो दिन व्यापारिक समूह बाहेक सबै समूहको परिसूचक बढेको छ । समग्र नेप्से परिसूचक ७० दशमलव ६२ अंकले बढ्दा १३३ कम्पनीको शेयरमूल्य बढेको छ ।