माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट, ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाए, अरुले १० कित्ता मात्र हेर्नुहोस्

Dec Wed 2020 05:37:33

738 views

माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट, ५ जना  भाग्यमानीले ११ कित्ता  शेयर पाए, अरुले १० कित्ता मात्र हेर्नुहोस्

काठमाडौं । माउण्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँट भएको छ ।  बाँडफाँटमा १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् । यी मध्य ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन । 

Check IPO Result of Mountain Energy Nepal Limited

विक्री प्रबन्धकका अनुसार यस कम्पनीको आईपीओमा ६ लाख ५३ हजार २९१ जनाको आवेदन परेको थियो । रितपूर्वक आवेदन नदिएका कारण १ हजार ७१६ जनाको आवेदन रद्ध भएको छ । योग्य ६ लाख ५१ हजार ५७५ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो । यस कम्पनीको आईपीओमा आवेदन दिने ४ लाख ६८ हजार ५४९ जनाको हात भने खाली भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत १८ लाख ३० हजार २६५ कित्ता शेयर विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल १९ लाख ६८ हजार २७ कित्तामध्य ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ९८ लाख ४०१ कित्ता शेयर सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ ।