वोमी लघुवित्तले ३० प्रतिशत बोनस शेयर दिने

Dec Wed 2020 08:02:21

1575 views

वोमी लघुवित्तले ३० प्रतिशत बोनस शेयर दिने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । 

यस कम्पनीले उक्त आर्थिक वर्षमा नागरिक लघुवित्र वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार गरेकाले बोनस शेयरमा लाग्ने कर छुट हुनेछ । हाल यस कम्पनीको चुक्तापूँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बोनस वितरण गर्ने तयारी कम्पनीको हो ।