नेप्से २१०० नजिक, पुनर्बीमाको शेयरको माग घट्दो, १४ करोडको कारोबार

Dec Wed 2020 06:07:11

436 views

नेप्से २१०० नजिक, पुनर्बीमाको शेयरको माग  घट्दो, १४ करोडको कारोबार

काठमाडौं । २०७७ मंसीर १७ गते बुधबार एकै दिन ७० अंकले नेप्से परिसूचक बढेर २१०० नजिकै पुगेको छ ।

केही दिनदेखि लगातार बृद्धि हुने क्रममा रहेको शेयर बजार बुधबार एकै दिन ७०.६२ अंकले बृद्धि भएको हो । यो रेकर्ड भएको नेप्से परिसूचक अहिलेसम्मकै उच्च हो ।

बुधबार सबैभन्दा धेरै दूरसञ्चार प्राधिकरणको ४० करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि उच्च बिन्दुमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार जम्मा १४ करोडमा सीमित हुन पुगेको छ । बुधबार सात अर्ब ३७ करोड ४० लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।