नेपाल लाईफको बजार मूल्य दोब्बर ! बजार मूल्य १९०० माथि, शेयर मूल्य अझै बढ्ने

Dec Wed 2020 06:15:24

971 views

नेपाल लाईफको बजार मूल्य दोब्बर ! बजार मूल्य १९०० माथि, शेयर मूल्य अझै बढ्ने

काठमान्डौ। नेपाल लाईफ इन्स्योरेन्सको बजार मूल्य एक वर्षको अवधिमा १२६ प्रतिशतले वृद्धि भएको छ। एक वर्ष अघि  सन् २०१९ डिसेम्बर १ गते नेपाल लाईफको बजार मूल्य ८४२ रुपैयाँ प्रति कित्ता बन्द भएकोमा  २ डिसेम्बर २०२० माप्रति कित्ता १९१० मा कम्पनीको बजार मूल्य बन्द भएको छ । एक वर्षमा कम्पनीको बजार मूल्य प्रति कित्ता १०६८ रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीले आर्थिक वर्ष ७४/७५ सम्मको लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७४/७५मा २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ दशमलव ५० प्रतिशत लाभांश दिएको थियो ।

नेप्सेमा सुचिकृत अन्य कम्पनीहरुले आर्थिक वर्ष ७६/७७को लाभांश प्रस्ताव गरेको बेला नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को नै लाभांश प्रस्ताव नगरेको अवस्थामा लगानीकर्ताले नेपाल लाईफ इन्स्योरेन्सको लाभांशको लोभमा झुम्मिएको प्रस्ट बुझ्न सकिन्छ।