नेप्से ७२.२८ अंकले बढ्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

Dec Mon 2020 05:02:56

879 views

नेप्से ७२.२८ अंकले बढ्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

साताको दोस्रो दिन सोमबार सेयर बजार  ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । 

आज सबैभन्दा बढी बीमा समूहमा लगानीकर्ता आकर्षित भएका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह ६९८.८१ र निर्जीवन बीमा समूह ४०५.५४ अंकले बढेका हुन् ।  

नेप्सेका अनुसार आज सर्वाधिक कमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त, अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका शेयरधनीहरू रहेका छन् ।