सहकारीमा सेवा शुल्कको आतंक, ५ प्रतिशतसम्म सेवा शुल्क लिइएको गुनासो

Dec Mon 2020 05:23:49

557 views

सहकारीमा सेवा शुल्कको आतंक, ५ प्रतिशतसम्म सेवा शुल्क लिइएको गुनासो

काठमाडौं ।  सहकारी संस्थाहरुले ऋणीसँग ५ प्रतशतसम्म सेवा शुल्क लिएको गुनासो पाइएको छ ।

 ब्याजदर १४.७५ प्रतिशत भन्दा बढी लिन नपाइने भएपछि सेवा शुल्कका नाममा थप ५ प्रतिशत हुन आउने रकम लिने गरेको भनी सहकारी विभागमा गुनासो आउन थालेको विभागले बताएको छ ।

सहकारी विभाग स्रोतका अनुसार काठमाडौं उपत्यका र बाहिरका सहकारीले समेत चर्को सेवा शुल्क लिने गरेको उजुरी परेको छ । विभागले केही दिन अघि गरेको अनुगमनमा पनि सहकारीले ऋणीसँग ५ प्रतिशतसम्म सेवा शुल्क लिएको पाइएको विभागका एक अधिकारीले बताए ।