मञ्जुश्री फाइनान्सद्वारा २३.५० प्रतिशत लाभांश घोषणा

Dec Sun 2020 05:46:50

905 views

मञ्जुश्री फाइनान्सद्वारा २३.५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मञ्जुश्री फाइनान्सले २३.५० प्रतिशत लाभांश दिने भएको छ। फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजन सहित ५.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

फाइनान्सले बोनस तर्फ १४ करोड ७२ लाख ६३ हजार रुपैयाँ र ४ करोड ४९ लाख ९७ हजार रुपैयाँ नगद बाढ्ने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विृकत भएपछि आगामी साधारण सभामा पेश गरिने छ।

यस फाइनान्सले गत वर्ष ९.८ प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।