नेप्सेमा आइतबार एक्कासी नकारात्मक सर्किट लाग्नुको खास कारण यस्तो छ

Dec Sun 2020 05:51:48

936 views

नेप्सेमा आइतबार  एक्कासी नकारात्मक सर्किट लाग्नुको खास कारण यस्तो छ

काठमाडौं, । साताको पहिलो कारोबार दिन आइतवार (२१ मंसिर ) नेप्सेमा नकारात्मक सर्किट लागेको छ । नेप्से ६ प्रतिशत घटेपछि आइतवारका लागि कारोबार बन्द भएको हो । नेप्से सूचक १२३.३४ अंकले घटेर १९३२.११ विन्दुमा आइपुगेको छ ।

कारोबार भने ७ अर्ब २० करोड रुपैयाँभन्दा बढीको भएको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको वर्तमान व्यवस्थामा पुनरावलोकन गर्ने भनेपछि बजार नराम्ररी प्रभावित हुन गएको अनुमान गरिएको छ। यसबाहेक निरन्तर बजारको सुधारबारे नकारात्मक हल्ला फैल्याइएकोले पनि  बजार घटेको बताइन्छ ।

कारोबार भएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९.१३ प्रतिशतले घटेको छ ।

बजार घटेको दिन रिलायन्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । गुमाउनेमा भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताहरु रहेका छन् ।

यस्तै सबैभन्दा धेरै कारोबार भने नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको बर्चश्व कायमै छ । पुनर्बीमाको १ अर्ब १६ करोड र नेपाल लाइफको ४४ करोड ९० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।