नेप्से ७२ अंकले बढ्यो, सबै समूह हरियाली भए

Dec Mon 2020 04:55:37

635 views

नेप्से ७२ अंकले बढ्यो, सबै समूह हरियाली भए

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार  ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको छ ।

आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ ।

सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् भने एभरेस्ट एन्स्योरेन्सक कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ६.६७ प्रतिशतले घाटा व्यहोरेका छन् ।  पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको १ अर्ब ५ करोड ५७ लाख ५९ हजार ९ सय ९ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।  

आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

६० हजार ५५ वटा कारोबारबाट १ करोड १९ लाख २० हजार ८ सय १९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८ सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा कारोबार हुने सबै समूह बढेर हरियाली छाएका छन् । सबैभन्दा धेरै व्यापार समूह ६.५७ प्रतिशतले बढेको छ भने जीवन बिमा समूह६.०४ प्रतिशतले बढेको छ । यसैगरी बेंकिङ २.२३, होटल ३.०५, विकास बैंक २.०२, हाइड्रोपावर ५.९९, लघुवित्त४.३ प्रतिशतले बढेको छ ।