प्रभु बैंकको १० प्रतिशत लाभांशमा लगानीकर्ता किन सन्तुष्ट देखिएनन् ? शेयरमूल्य साढे ३ प्रतिशतले घट्यो

Dec Mon 2020 05:50:37

763 views

प्रभु बैंकको १० प्रतिशत लाभांशमा लगानीकर्ता किन सन्तुष्ट देखिएनन्  ? शेयरमूल्य साढे ३ प्रतिशतले घट्यो

काठमाडौं । प्रभु बैंकले प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशतप्रति लगानीकर्ताको असन्तुष्टि देखिएको छ ।

सोमवारको कारोबारमा भने बैंकको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको करि दुई घण्टाको अवधिसम्म प्रभु बैंकको शेयरमूल्य ३ दशमलव ५१ प्रतिशतले घटेर रू. ३३० मा झरेको छ ।

कारोबारको अन्तिम समयमा भने प्रति शेयर मुल्य३४५ मा पुगेर बन्द भएको छ 

 बैंकको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।