शेयर बजार फेरि राताम्मे, हाइड्रोपावर समूह ८३ अंकले बढ्यो

Dec Tue 2020 06:00:59

542 views

शेयर बजार फेरि राताम्मे, हाइड्रोपावर समूह ८३ अंकले बढ्यो

काठमाडौं ।  मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर १ हजार ९ सय ९५ दशमलव ३५ रोकिएको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले घटेर ३८० दशमलव १८ अंक्मा झरेको छ । ४८ हजार ८ सय १ कारोबारबाट २ सय १ कम्पनीका १ करोड २५ लाख ६६ हजार ९ सय ६१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३ सय ८४ रुपैयाँ पुगेको छ ।

अन्य सबै घटेर राताम्मे देखिए पनि नेप्सेमा कारोबार हुने हाइड्रोपावर र म्युचुअल फण्ड भने बढेको छ । हाइड्रोपावर ८३ दशमलव ८९ अंकले उकालो लागेको छ ।