मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने

Dec Mon 2020 06:18:34

565 views

मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५.५१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ११.२५ प्रतिशत बोनस र कर प्रयोजन ४.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले ४८ करोड ६५ लाख ६१ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ भने १८ करोड ४२ लाख रुपैयाँ नगद बाँढ्ने छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले लाभांश पाउने छन् ।