साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने

Dec Tue 2020 09:37:25

548 views

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं,  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।