मंगलबार नेप्से सूचकसंगै कारोबार सकम समेत घटेको छ। तर, हाइड्रोपावरमा भने लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। मंगलबार समग्र शेयर बजारको सूचक मापन गर्ने नेप्से ९.०४ अंकले घटेपनि हाइड्रोपावर उपसमूहको सूचक भने ८३.८९ अंक अर्थात ४.८१ प्रतिशतले बढेको छ।
मंगलबार कारोबारमा आएका ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन नारायणी डेभलपमेन्ट बैंक, अपर तामाकोशि, रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।
नारायणी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै १० प्रतिशतले, अपर तामाकोशीको ९.८० प्रतिशतले, रसुवागढी हाइड्रोपावरको ९.७९ प्रतिशतले र सान्जेन जलविद्युतको शेयरमूल्य ९.६९ प्रतिशतले बढेको छ।
माथिल्लो तामाकोशी,रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको शेयर मूल्य ह्वात्तै बढ्यो
माथिल्लो तामाकोशीको शेयर दुई सातामा नै प्रतिकित्ता २१० रुपैयाँले बढेको छ।उक्त कम्पनीको शेयर यही मंसिर ११ गते प्रतिकित्ता २९४ रुपैयाँमा कारोबार हुँदै आएको थियो । तर, आज त्यही कम्पनीको शेयर ५०४ रुपैयाँसम्म पुगेको छ ।
अर्को बहुचर्चित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको शेयर मूल्य पनि करिव दुई सातामा नै १०० रुपैयाँले बढेको छ । मंसिर ८ गते रसुवागढी जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१४ रुपैयाँ थियो । आज त्यसको मूल्य ३१४ रुपैयाँसम्ममा कारोबार हुन पुगेको छ ।
अर्को चर्चित आयोजना सान्जेन पनि हो । सान्जेन जलविद्युत कम्पनीको शेयर मूल्य पनि करिव दुई सातामा नै ७६ रुपैयाँले बढेको छ । मंसिर १० गते प्रतिकित्ता २०७ रुपैयाँमा किनबेच हुँदै आएको उक्त कम्पनीको शेयर आज २८३ रुपैयाँसम्ममा कारोबार भएको छ ।
3 years ago 52284 views
3 years ago 34000 views
3 years ago 20196 views
© 2026 All right Reversed.Banks Nepal Pvt Ltd
