बुधबार नेप्से ३९.६० अंकले घट्यो, ४ अर्ब ७४ करोडको कारोबार

Dec Wed 2020 05:52:57

512 views

बुधबार नेप्से ३९.६० अंकले घट्यो, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन (बुधबार) दोहोरो अंक ३९.६० अंकले घटेर एक हजार ९ सय ५५ दशमलब ७७ विन्दुमा थामिएको छ भने ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य सबै समूह घटेका छन् । आजजलविद्युत समूह भने २२.८९ अंकले बढेको छ । आज सबैभन्दा बढी बीमा समूह घटेको छ । जीवन बीमा समूह २७०.४६ अंक र निर्जीवन बीमा समूह २२५.१३ अंकले घटेका हुन् । 

नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सबैभन्दा बढी ९.९२ प्रतिशतले नाफा कमाएका छन् भने अरुण भ्याली हाइड्रोपावरका शेयरधनीहरुले सबैभन्दा बढी ५.५६ प्रतिशतले घाटा व्यहोरेका छन् ।  

बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख ७२ हजार ९ सय ३ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।