Dec Wed 2020 06:30:10
450 views
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले प्रस्ताव गरेको ५ दशमलव २६ प्रतिशत लाभांश सुरक्षित गर्ने (मंसिर २५ गते बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न पुस ८ गतेका लागि २३ औं वार्षिक साधारण सभा कम्पनीले आव्हान गरेको छ । उक्त सभा प्रयोजनका लागि मंसिर २६ गतेदेखि बुक क्लोज गर्ने भएकाले मंसिर २५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन् ।
कम्पनीको सभाकक्ष, ट्रेडटावर थापाथली, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभ भर्चुअल माध्यमबाट सम्पन्न गर्ने तयारी कम्पनीको छ । कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्र्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । गत असोज २१ गते बोर्डमा निवेदन दिएको उक्त हकप्रद स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।