निर्जिवन बीमा कम्पनीहरुलाई “एनएफआरएस मापदण्ड लागू गर्न ” बीमा समितिको निर्देशन

Dec Wed 2020 06:36:47

976 views

निर्जिवन बीमा कम्पनीहरुलाई  “एनएफआरएस मापदण्ड लागू गर्न ” बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले सबै निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएस मापदण्ड अनुसारको वित्तीय विवरण तयार पार्न निर्देशन जारी गरेको छ ।

बीमा समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुका लागि एनएफआरएस सम्बन्धी छुट्टै मापदण्ड लागू गरिने जनाएको छ । यसअघि आजै बीमा समितिले पुनर्बीमा व्यवसाय गर्ने कम्पनीलाई पनि एनएफआरएस मापदण्ड अनुसार वित्तीय विवरण लागू गर्न निर्देशन दिएको थियो ।

बीमा समितिले निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई लक्षित गर्दै ‘निर्जिवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७’ जारी गर्दै कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो ।

निर्देशिका यहाँ क्लीक गरेर हेर्न सक्नुहुन्छ ।