साञ्जेन र रसुवागढीको शेयरमूल्य सँगसँगै बढ्ने र घट्ने किन भयो ?

Dec Thu 2020 07:54:15

632 views

साञ्जेन र रसुवागढीको शेयरमूल्य सँगसँगै बढ्ने र घट्ने किन भयो ?

काठमाडौं । बजारमा सूचीकृत शेयरको मूल्य घटबढ स्वतन्त्र रुपमा हुन्छ । समग्र बजार वा कुनै खास क्षेत्रप्रतिको मनोविज्ञानले पार्ने प्रभावलाई सामान्य मानिए पनि बजारमा एउटा कम्पनीको मूल्यले अर्को कम्पनीको मूल्यलाई बजारमा प्रभावित गर्दैन । तर, बजारमा यस्ता कम्पनीहरु पनि छन्, जसको मूल्यको रफ्तार एउटै छ । यी कम्पनीहरु एउटै रफ्तारमा उकालो लाग्छन् र एउटै रफ्तारमा ओरालो समेत झर्छन् । साञ्जेन र रसुवागढी हाइड्रोपावरबीचको मूल्यमा यस्तो समानता देखिँदै आएको हो ।

दुई फरकफरक कम्पनी भए पनि साञ्जेन र रसुवागढी हाइड्रोपावरबीच एकखालको समानता छ । यी दुई कम्पनीको प्राथमिक शेयर निष्कासन प्रक्रियादेखि शेयरको सूचीकरण र कारोबारसम्मै एउटै मितिमा हुँदै आएको छ । हरेक प्रक्रियामा फरकफरक अस्तित्व कायम गर्दै आए पनि यी दुई कम्पनीलाई लगानीको परिपूरक विकल्पको रुपमा लिने बानी बजारमा परिसकेको छ । दुवै कम्पनीको शेयर कारोबार अघिल्लो वर्षको साउन २१ गतेदेखि भएका थिए ।

बजारमा कारोबार खुला हुँदा रसुवागढी हाइड्रोपावरको शेयरमूल्य बढीमा कारोबार भएको थियो । रसुवागढीको नेटवर्थ बढी भएका कारणले अधिकतम मूल्यमा कारोबार हुँदा यसको मूल्य बढी देखिएको हो । 

रसुवागढीले सर्वसाधारणललाई ९३ लाख ३९ हजार कित्ता शेयर बिक्री गर्दा तथा साञ्जेनले ४९ लाख ८२ हजार कित्ता मात्रै बिक्री गरेको थियो । साञ्जेनको शेयर आपूर्ति कम हुँदा तत्कालै यसले मूल्यमा रसुवागढीलाई मूल्यमा उछिनेको देखिन्छ ।

करिब ५० वटा कारोबार दिनसम्म साञ्जेनको शेयरमूल्य रसुवागढीलाई मूल्यभन्दा माथि रह्यो । त्यसपछि भने रसुवागढीको मूल्य साञ्जेनको भन्दा धेरै रहँदै आएको छ । २०७६÷७७ को वित्तीय विवरणमा नाफा देखिएपछि रसुवागढीको मूल्यले साञ्जेनको मूल्यलाई जित्दै आएको छ ।  

यस्तो छ कम्पनीको अवस्था 

रसुवागढी हाइड्रोपावर १ सय ११ मेगावाटको रसुवागढी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यो आयोजना २०७८ असारसम्म सम्पन्न भएर व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ । यो लक्ष्य कोभिड–१९ का कारण सिर्जित परिस्थितिपछिको गरिएको अनुमानित लक्ष्य हो । 

रसुवागढी हाइड्रोपावरले भने ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको साजेन माथिल्लो समेत गरी ५७.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीले आयोजना कहिले सकिन्छ भन्नेबारे केही उल्लेख गरेको छैन । चीनबाट आउनुपर्ने हाइड्रोमेकानिकलको सामान आएको १० महिनाभित्र साञ्जेन माथिल्लो र १५ महिनाभित्र साञ्जेन आयोजनाको निर्माण सम्पन्न हुने जनाइएको छ ।

- Source : Aarthiknews.com