लगानीका लागि तयार रहनुहोस् , इन्स्योरेन्स कम्पनीको ६० करोडको आईपीओ आउँदैछ

Dec Thu 2020 06:31:00

810 views

लगानीका लागि तयार रहनुहोस् , इन्स्योरेन्स कम्पनीको ६० करोडको आईपीओ आउँदैछ

मंसिर २९ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । उक्त ६० लाख कित्ता मध्येको ४५ लाख कित्ता आईपीओमा सर्वसाधरणले १०० रुपैयाँदरमा न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बाँकी सामुहिक लगानी कोष र कर्मचारीको लागि छुट्याइएको छ। उक्त आइपिओमा लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले साधारण सेयर निस्कासन गर्न प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।