नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि प्रतिष्पर्धी को को ?

Dec Fri 2020 03:33:48

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि प्रतिष्पर्धी को को ?

Cover photo : bankingkhabar.com


नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्न आधा दर्जन प्रतिष्पर्धी देखिएका छन् । आउँदो फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नर पद रिक्त हुँदैछ । यि दुइ पदका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने देखिएको छ । वरियताक्रमका आधारमा नभई सरकारले जसलाई चाह्यो उसलाई नै बनाउन सक्ने भएका कारण यो व्यक्ति नै अबको डेपुटी गभर्नर बन्छन् भन्न सकिने अवस्था छैन ।

अहिले डेपुटी गभर्नरका लागि अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भएका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना, भुक्तानी प्रणाली विभागका भुवन कँडेल, कार्यकारी निर्देशक बमबहादुर मिश्र लगायतका प्रतिष्पर्धामा रहेका छन् ।