आइसिएफसि फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको मूनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको हो ।
कम्पनीको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०।५० प्रतिशत बोनस शेयर र ४।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।