नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेख थापा

Dec Sat 2020 07:01:47

872 views

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मेख थापा

काठमाडौ । नेपाल मर्चेन्ट बैंकर्स संघको एघारौ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले मेख बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विजयलाल श्रेष्ठ, महासचिवमा पारस मणी ढकाल, कोषाध्यक्षमा रमेन्द्र रायमाझी रहेका छन् । त्यस्तै सदस्यहरुमा दिपेश वैद्य , नारायण प्रसाद घिमिरे र रोशनी भारती रहेका छन् ।