प्रभु लाइफको आईपीओ ५ हजार कित्तासम्म भर्न पाइने

Dec Sun 2020 05:01:37

819 views

प्रभु लाइफको आईपीओ ५ हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनीले मंसिर २९ गते सोमवारदेखि आईपीओ विक्री खुल्नेछ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो ।

 सर्वसाधारणका लागि छुट्याईएको कुल कित्तामध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । प्रभु लाइफको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।