१२ लघुवित्तले लाभांश घोषण गरे, कसको कति ?

Dec Sun 2020 05:08:46

571 views

१२ लघुवित्तले लाभांश घोषण गरे,  कसको कति ?

काठमाडौं । हालसम्म १२ वटा लघुवित्त वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।  लघुबित्तहरुले आर्थिक वर्ष २०७६ ०७७ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । लाभांश प्रस्ताव गर्ने वित्तिय संस्थाहरुले साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गर्नेछन् । 

कुनको कति ?

साधना लघुवित्त 
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको तयारी गरेको छ । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । 

आरएसडिसी लघुवित्त
आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १२ दशमलव ६३ प्रतिशत लाभांश पैस्ताव गरेको छ । जुन लाभांस पुस २४ गते पारित हुने भएको छ । कम्पनीले लाभांश सहित विविध प्रस्ताव पारित गर्न उक्त दिन सातौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ६३ प्रतिशत लाभांश सहित विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो । सभा बुटवलमा हुनेछ । 

साना किसान विकास लघुवित्त 
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ रहेको छ । सञ्चालक समितिले गरेको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

इन्फिनिटी लघुवित्त 
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।

मिर्मिरे लघुवित्त 
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २६ गतेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा उक्त लाभांश दिने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । 
 
एनएमबि लघुवित्त 
एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। मंसिर ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको १०८ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

स्वरोजगार लघुवित्त 
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३ दशमलव ९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १३ दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको मंसिर १३ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी  ३४ करोड १६ लाख १२ हजार रुपैयाँको आधारमा उक्त लाभांश दिन लागेको हो ।

नाडेप लघुवित्त
नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ ।  संस्थाले चुक्ता पुँजी ३६ करोड ८० लाखको १० प्रतिशतले  हुन आउने रकम  ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको  हो  । सो बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.६२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार बरावर  कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको  छ । 
 
आशा लघुवित्त
आशा लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २३ करोड २२ लाख ८८ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।  

समता लघुवित्त 
समता लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । हाल कायम चुक्तापूँजी १९ करोड ११ लाख १६ हजार ८ सय रुपैयाँको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । 

सिभिल लघुवित्त
सिभिल लघुवित्त वित्तीय संस्थाले प्रस्तावित १० प्रतिशत लाभांश पारित गरेको छ । असार २६ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी सो मात्राको लाभांश दिने सञ्चालक सिमितिको प्रस्तावलाई पारित गरेको हो ।