३८ अर्बको विदेशी लगानी स्वीकृत, १९९ मेगावाटका ३ हाइड्रोपावरमा लगानी हुने

Dec Sun 2020 06:32:03

770 views

३८ अर्बको विदेशी लगानी स्वीकृत, १९९ मेगावाटका ३ हाइड्रोपावरमा लगानी हुने

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।

बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो । 

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए ।

धर्मन्द्रकुमार का अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।