नेप्से ४६.४३ अंकले बढ्यो, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार

Dec Sun 2020 04:56:38

505 views

नेप्से ४६.४३ अंकले बढ्यो, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन (आइतबार) दोहोरो बढेकोे छ । नेप्से ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ भने ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । 
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी लगानीकर्ताहरु जीवन बीमा समूहमा झुम्मिएका छन् । जुनमा समूह ५२८.४३ अंकले बढेको छ ।

नेप्सेका अनुसार महुली लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ९.९४ प्रतिशतले नाफा कमाएका छन् भने अपर तमाकोशी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.८४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । नेपाल लाइफको ६७ करोड १ लाख ७२ हजार ४ सय २१ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।