काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले यस वर्ष कुल २८ दशमलव ९२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तपूँजीको आधारमा २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।