सेञ्चुरी कमर्सियल बैंकको ७ दशमलव ५० प्रतिशत लाभांश वितरण प्रस्ताव

Dec Mon 2020 08:01:58

535 views

सेञ्चुरी कमर्सियल बैंकको  ७ दशमलव ५० प्रतिशत लाभांश वितरण प्रस्ताव

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ७ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको वितरण हुन बाँकी बोनस पश्चात कायम हुने चुक्तापूँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर र कर सहित २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।