काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले २० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ ।