कुमारी बैंकको १४ प्रतिशत लाभांश प्रस्ताव पारित

Dec Mon 2020 06:27:53

784 views

कुमारी बैंकको  १४ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आइतवार कम्पनीको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७६÷०७७ को लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८७ करोड हुनेछ ।