सेयर धितो कर्जालाई राष्ट्र बैंकले थप कडाई गर्ने, शेयर धितो कर्जा अब के हुन्छ ?

Dec Wed 2020 06:48:50

974 views

सेयर धितो कर्जालाई राष्ट्र बैंकले थप कडाई गर्ने,  शेयर धितो कर्जा अब के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिकामा कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई सेयर धितोमा कर्जा नदिने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थामा राष्ट्र बैंकले ४ वटा व्यवस्था थप गरेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितो राखेर कर्जा लिन पाइने छैन ।
सेयरधितो राखेर दिइने कर्जाको सिमा भने यथावत राखिएको छ ।