मेगा बैंकको १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव

Dec Thu 2020 05:14:09

534 views

मेगा बैंकको १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मेगा बैंकले गत वर्ष २०७६/७७ को लागि १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी  १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।