साताको अन्तिम दिन नेप्से २२.७० अंकले घट्यो, कारोबार ६ अर्ब ७६ करोडभन्दा बढीको

Dec Thu 2020 05:25:37

852 views

साताको अन्तिम दिन नेप्से २२.७० अंकले घट्यो, कारोबार ६ अर्ब ७६ करोडभन्दा बढीको

काठमाडौं । शेयर बजार परिसूचक बिहीवार २२.७० अंकले घटेको छ । अघिल्लो दिन ६.२० अंकले घटेको शेयर बजार बिहीवार १.१० प्रतिशतले घटेर २०३२.५१ विन्दुमा आइपुगेको हो ।
बिहीवार १९५ कम्पनीको शेयर कारोबार भएको छ । यस दिन ६१ हजार ६०४ पटकमा १ करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो दिनको भन्दा करिब ७१ करोड बढी हो ।
बिहीवार कारोबारमा आएका १२ समूहमध्ये लघुवित्त बाहेक सबै समूह घटेका छन् ।
यस दिन महुली सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक कमाएका छन् भने नारायणी विकास बैंकका शेयरधनी सर्वाधिक गुमाउनेमा छन् । बिहीवार नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर ८० करोड २५ लाखभन्दा बढीको किनबेच भएको छ ।