कोरोना भ्याक्सिन सबैलाई निःशुल्क उपलब्ध हुने

Dec Fri 2020 07:05:02

498 views

कोरोना भ्याक्सिन सबैलाई निःशुल्क उपलब्ध हुने

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँग भेटघाटमा अर्थ मन्त्री पौडेलले  निःशुल्क गुणस्तरीय खोप सबै नेपाली लगाउन पाउने बताएका हुन् ।

कोभिडका कारण नृपालको मात्र नभइ विश्वकै अर्थतन्त्र कमजोर बनेको भन्दै उनले नेपाली अर्थतन्त्रलाई सबल र सक्षम बनाउन अहिले अपरिहार्य भएको बताए । अर्थतन्त्रलाई सवल र सक्षम बनाउन पनि कोभिड विरुद्ध लड्नु पर्ने भएकोले पनि खोप आवश्यक रहेको उनको भनाइ छ । 

आर्थिक जीवनलाई पुरानै लयमा फर्काउन तथा अर्थतन्त्रलाई गतिशिल बनाउन सरकारले उपायहरू खोजिगरिरहेको बताए ।